के तपाईको नगरपालिका / गाउँपालिकामा नेपाल सरकारको पुस्तकालय कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयहरु छनोट भइसकेका छन् वा हुन बाकीं छन् भने पुस्तकालय स्थापना गर्दा वा पुस्तकालयका लागी पुस्तक वा फर्निचर खरिद गर्दा निम्न कुराहरू ध्यान दिन जरूरी छ ।
पुस्तक पढ्नाले बालबालिका अवस्था देखी नै पुस्तकप्रति रुची बढ्ने, बौद्धिक क्षमता बढ्ने, पढने बानीको बिकाश हुने, अध्ययनमा लगाब बढ्ने, नयाँ शब्द तथा बस्तुको परिचय हुनुको साथै मनमा उब्जने अनेकन प्रश्नहरुको उत्तर पनि पुस्तकबाट नै पाउछन । तसर्थ विधालय पुस्तकालयका निमित्त पुस्तकहरू खरिद गर्दा निम्न विधाका पुस्तकहरू खरिद गर्न ध्यान दिनु हेला ।
पुस्तकका विधाहरु यस प्रकार छन् ।
पुस्तक विधा | थप विधा | संख्या प्रतिशतमा |
सामान्य ज्ञान | शब्दकाष, विश्वकाष, पर्यायबाची शब्दकाष, बर्ष पुस्तक, नक्सा,एटलास(Atlas), ग्लोब(globe),पत्रकारिता | ३ % |
धर्म | धर्म (हिन्दु, बुद्द, इस्लाम, क्रिश्चियन ), | ३ % |
दर्शन | दर्शन, मनविज्ञान | ४ % |
सामाजिक विज्ञान | अर्थशास्त्र, राजनितिशास्त्र, कानून, शिक्षा, वाणिज्य, चाडपर्व,यातायात, वाताबरण | १० % |
भाषा | नेपाली, अग्रेजी, व्याकरण, अभ्यास पुस्तिका | ५ % |
विज्ञान | गणित, भैतिक विज्ञान, रसायन शास्त्र, पृथ्वी विज्ञान, मैसम,जनावर, बेटविरूवा, रूख, मानवजाति | १० % |
प्रविधि | कम्प्यूटर, चिकित्सा विज्ञान, कृषि, व्यवस्थापन, उधेग, ग्रह विज्ञान | १० % |
कला | वास्तुकला, मूर्तिकला, चित्रकला, सङ्गीत, खेलकुद | ५ % |
साहित्य∕ बाल साहित्य
| कविता, कथा, उपन्यास, नाटक, निवन्ध, हास्यव्यङ्ग बालसन्दर्भ सामाग्री, बाल साहित्य (बाल कविता, बाल कथा, बाल उपन्यास, बाल नाटक, बाल निवन्ध) | १५ % २५ % |
भूगाल | भूगेल | ४ % |
इतिहास | इतिहास, जीवनी | ६ % |
विद्यालय पुस्तकालय माथी उल्लखित पुस्तक तथा निम्न फर्निचरहरू राख्न तथा एक पटकमा ५० जना विध्यार्थीहरू अटाउन कम्तीमा ४०० बर्ग फिटका काेठाकाे अावश्यक पर्दछ ।
साथै विधालय पुस्तकालयमा कम्तीमा पनि ५० जना विधार्थीहरू अट्ने गरि बस्ने व्यवस्था गर्न जरूरी छ भने पुस्तकहरूका लागी कम्तीमा पनि ४००० पुस्तकहरू अट्ने व्यवस्था ( र् याक, दराज) गर्न जरूरी छ । र पछि थप पुस्तकका लागी थप रयाक∕दराज थप्दै जानुपर्छ ।
क्र. सं. | फर्निचर र साइज | संख्यां |
१ | डिस्प्ले र्याक − ५’ * ४ ‘ | २ वटा |
२ | किताब र्याक − ५’ * ४ ‘ | ४ वटा |
३ | टेबल − ४’ * २’ * २.५'(उ) | ५ वटा |
४ | बेन्च − ४’ * १’ * १.५'(उ ) | १० वटा |
५ | सानो उचाइको टेबल − ४’ * २’ * १.५'(उ) | ३ वटा |
६ | चकटी − १८” * १८” | १५ वटा |
७ | शिक्षकको टेबल − ४’ * २’ * २.५’ (उ) | १ वटा |
८ | शिक्षकको कुर्सी १८” * १८’ * १.५'(उ) | १ वटा |
९ | सेतो पाटी ५’ * २.५’ | १ वटा |
१० | सूचना पाटी ५’ * २.५’ | १ वटा |
तपाइको नगरपालिका / गाउँपालिकाका विद्यालय पुस्तकालयमा गुणस्तरिय पुस्तकहरु व्यवस्थापन गर्न यहाले आफ्नो तर्फ बाट सहि भूमिका निर्बाह गर्नुहुन्छ भन्ने आशा गरेका छौ ।
पुस्तकालयको लागी कथालय किन?
कथालय इन्क नेपालमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले स्थापना भएको संस्था हो । पढौँ र पढाऔँ भन्ने नारालाई व्यवहारमा उतार्ने क्रममा, यस संस्थाले पढने बानीको विकास गर्न प्राथमिक तथा माध्यमीक तहमा अध्ययन गर्ने बालबालिका देखि वयस्क पाठकहरुका लागी रुचिकर तथा उपयोगी पुस्तकहरु प्रकाशन गर्दै आइरहेको छ । साथै यस संस्थाले विधालय पुस्तकालय स्थापना र व्यवस्थापनमा परामर्स तथा सल्लाह सुझाव दिदै आएको छ ।
हामीसँग विद्यालय पुस्तकालयकाेलागी बालबालिकाको कक्षागत, उमेरगत र क्षमतागत रुपमा तयार पारिएका कथालयका गुणस्तरिय बालसन्दर्भ सामाग्रीहरू साथै पुस्तकालयका लागी आवश्यक विविन्न विधाका सम्पूर्ण पुस्तकहरु उपलब्द छन् ।
पुस्तकालय संबन्धित केहि सल्लाह, सुझाब चाहेमा कथालयलाई सम्झनुहोला ।
सम्पर्क : ०१-५५३७४०३ ५५४६०४३ ९८५१२१९०४० ९८१३३०११९९