राजु अधिकारीको कथा संग्रह ‘लावण्य देश’ सार्वजनिक

लेखक राजु अधिकारीको कथा संग्रह ‘लावण्य देश’ सार्वजनिक भएको छ ।यो २१ वटा छोटा कथाहरुको संग्रह हो ।

शीर्षकथा लावण्य देशमा शिव शर्मा ब्राह्मण लावण्य देशको भ्रमण मानिस केका हुन्छन् । तर त्यहाँका बासिन्दाहरुमा लोभ, लालच र स्वार्थका आत्म केन्द्रित भइसकेका हुन्छन् । उनी आफैं बनाएको नियम विपरीत उभिएर पनि उनी ती मानिसमा सद्बुद्धि भरिदिन चाहन्छन् । तर उनले चाहे पनिमान्छे लोभ, लालच र स्वार्थको दलदलमा पूरै भासिइ सकेका हुन्छन् ।

लेखकले उल्लेख गरेको लावण्य देश पढ्दै गर्दा पाठकले नेपाल नै हो भनेर सहजै अनुमान लगाउन सक्छन् ।

शीर्षकथा जस्तै अधिकारी अन्य कथाहरुमा पनि सामाजिक विसङ्गति र विकृतिका कथाहरु छन् ।

ती कथाहरुलाई उनले मासु, जनै, भाले, काम, बन्ध्याकरण, माछामाछाभ्यागुतो जस्ताछोटा र रोचक शीर्षकमा प्रस्तुत गरेका छन्।

संग्रहमा रक्त क्रान्ति, सरकारी सुरक्षा गृह, न्याय हराएको सूचनाजस्ता राजनीतिक कथा पनि छन् । संग्रहमा भएका कथाहरु मार्फत आफूले समसायिक र समाजका सबै पक्षको प्रतिनिधित्व गर्ने लेखक अधिकारी बताउँन् ।लेखकले नयाँ पुस्तामा देखिएको अन्योल, पुस्तान्तर, लैंगिक असमानताजस्ता विषय पनि समेटेका छन् ।

लावण्य देश वी रिडले प्रकाशनमा ल्याएको हो । १८४ पृष्ठको यो पुस्तकको मूल्य ३७५ रुपैयाँ राखिएको छ।

तीनवटा नेपाली बालकथा प्रकाशित

January 27, 2021

उडियाना—उडिसाका पद्मसम्भव बजारमा

January 27, 2021

Leave a Reply

Your email address will not be published. Required fields are marked *