Blogs

  1. Home
  2. Blogs
image description

बालबालिकामाथि भइरहेको शोषण र दुर्व्यवहारलाई न्युनीकरण गर्न र साथसाथै जनचेतनास्तर बढाउने
उदेश्यले यो चित्रकथा प्रकाशन गरिएको छ । यस चित्रकथाको लेखक प्रोफामिलिया हुन भने यसका चित्रकार
डाग्मा ग्याइस्लर हुन् । यस चित्रकथाको नेपाली अनुवाद सुनिति अमात्यले गरेका हुन् ।

सबै छुवाइ एकनास हुँदैन। कतिपय अवस्थामा हामीले सामान्य ठाने पनि अरूले हामीलाई गलत
नियत राखेर छोइरहेको हुन सक्छ। गोप्य अंग वा अप्ठ्यारो लाग्ने ठाउँमा हात हाल्नु र छुनु
नराम्रो छुवाइ हो भने कसैले असल नियतले छोइरहेको छ भने त्यो राम्रो छुवाइ हो। केटा होस् वा
केटी, शरीरका संवेदनशील अंगमा कसैले गलत नियतले छुन्छ भने त्यो नराम्रो छुवाइ हो । यस
चित्रकथामा यस्तै राम्रो र नराम्रो छुवाइको चेतनासँगसँगै आफ्नो शरीरसम्बन्धी सीमाहरु कसैले उल्लङ्घन
गरेको छ भने त्यसलाई गोप्य राख्नु हुँदैन भन्ने जानकारी पनि दिएको छ ।

यस पुस्तकले बालबालिकालाई आफ्नो व्यक्तिगत शरीरका सीमाहरु छन् भन्ने कुरा बुझाएको छ । साथै कसरी
हामी आफै सुरक्षित ढंगले बस्न सक्छौँ भन्ने अधिकारको कुरा पनि सिकाएको छ ।

बालबालिकाको सुरक्षाका र जोखिम न्युनीकरणका साथै आत्मजागरणका लागि पनि यस पुस्तकले समाज र
देशलाई सघाउने आशा राखेका छौ ।

Share: