Blogs

  1. Home
  2. Blogs
image description

एन्दु काट्ज र जुलिआना लिभेए टुडेलको लेखन रहेको पुस्तक ‘किताब पढ्ने भालु’ नेपाली भाषामा प्रकाशित
भएको छ । लेखक एन्दु पन्ध्र वर्षदेखि लगातार पढाउँदै, कथा भन्दै र कथा लेख्दै आएका छन् । यसैगरी यस चित्र
पुस्तकलाई राजीव धर जोशीले नेपाली भाषामा अनुवाद गरेको छ ।

यस पुस्तकमा जोसेफ सेरमनको चित्राङकन रहेको छ । सेरमन चित्र सम्पादन एनिमेसनका लागि जेमिनी
पुरस्कार प्राप्त चित्रकार हुन् । चित्र सम्पादनमा उनको तीस वर्षको अनुभव रहेको छ ।

चित्रपुस्तक ‘किताब पढ्ने भालु’ मा जुली नामक पात्रले सधैँ भालुलाई भेट्ने सपना देख्थी तर उसको
घरनजिकैको जङ्गलमा कहिल्यै भालु देखा परेन । भालुलाई भेट्ने उदेश्यले जुली सधैँ जङ्गल जान्थी । एकदिन
जुली भालुको कथा भएको किताब बोकेर जङ्गल जान्छिन् र ध्यान दिएर किताब पढ्न थाल्छिन् । त्यत्तिकैमा
जुलीको आमाले उसलाई खाना खान बोलाउँछिन् । जुलि खाना खान जाँदा किताब त्यहीँ छोडेकी हुन्छिन् ।

केही समयपश्चात जुली आफ्नो किताब लिन फेरि जङ्गलतिर जान्छिन् तर त्यहाँ किताब हुँदैन । आफ्नो
किताबको खोजी गर्नेक्रममा जुली निलो पन्जाका धेरै छापहरु देख्छिन् । छापहरूलाई पछ्याउँदै जुली रुखमाथि
बनेको घरमा पुग्छिन् । के उसले साचिकै भालुलाई भेत्छिन् ? यो जान्नको लागी अवश्य पनि पुरै पुस्तक पढ्नु
होला ।

तीन वर्ष वा माथिका बालबालिकाका लागि पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न तथा नौ वर्षमाथिका
बालबालिकाले आफै अध्ययन गर्न उपयुक्त पुस्तक ‘किताब पढ्ने भालु’ ।

Share: