Blogs

  1. Home
  2. Blogs
image description

जादुमयी चरित्र जिनबारे अनेक रोचक कथा रचिएका छन् । कथालयले ‘जिनको अनौठा काम’ प्रकाशन गरेको छ । अरबी लेखक मकावी सईदले लेखेको यो पुस्तकमा विज्ञान र परिकथामा आधारित हसम र जिनको कथा छ । हसम अहिलेको आधुनिक युगका पात्र हुन भने जिन पौराणिक पात्र हो ।

 

हसम अरबको शर्म–अल शेख सहरमा आफ्ना काकासँग बस्छन् । उनको दिमाग निकै तेज छ । उनलाई कम्प्युटरमा विभिन्न गेमहरु खेल्न, विज्ञानबारे पढ्न र नयाँ नयाँ कुराहरुको प्रयोग गर्न मन पर्छ । तर उनको यो व्यवहारले उनका काका आजित छन् । हसमले कम्प्युटरमा खेल्ने गेमका पात्रहरु उनलाई भुतजस्तो लाग्छ । तर हसमको प्रविधिबारे ज्ञानले उनका काकामात्रै चकित छैनन् ।

 

कथामा अब नयाँ पात्रको आगमन हुन्छ । हसमले आफ्नो पुस्तकालयमा एउटा बत्ती फेला पार्छन र त्यो बत्ती बेस्सरी रगड्दै जाँदा त्यसबाट हजारौं वर्षसम्म कैद भएको जिन निस्किन्छ । त्यसपछि उनीहरु साथी बन्छन् । जिन आफूसँग भएका जादुका मन्त्रहरुले हसमलाई हरेक कुरामा सहयोग गर्न चाहन्छन् ।

 

जोबेआ नाम गरेको त्यो जिन वैज्ञानिक उपलब्धिभन्दा जादुगरीबाट धेरै कुरा पाउन सकिन्छ भन्ने विश्वास गर्छ । तर हसमले विज्ञानको प्रयोगले जोबेआलाई यतिसम्म हायलकायल पार्छन कि अन्त्यमा उसलाई मानव संसारमै बसेर यहाँका कुराहरु थाहा पाउन र सिक्न मन लाग्छ ।

Share: