सर/म्याडम,
दुई बालचित्रपुस्तक “मेरो प्यारो खेलौना” र “सधैं समीप” ०५ असार २०७९ सालमा खुमल्टार स्थित प्रिममियर इन्टरनेशनल आईबी वर्ल्ड स्कूल स्कुलमा सार्वजनिक भएको छ । “मेरो प्यारो खेलौना” का लेखिका इभोन भोन उल र “सधैं समीप” का लेखक मार्क योन्सनका साथ बालबालिकाले पुस्तक बिमोचन गरेका छन् ।
मेरो प्यारो खेलौनामा लीला उनका प्यारा खेलौनाहरू लिएर घुम्न जान्छन् । घुम्न गएपछि ती सबै खेलौना जीवित हुन्छन् । आफ्ना खेलौनासँग बालबालिकको सम्बन्ध, माया र कल्पना शक्तिलाई चित्रपुस्तकमा समावेश गरिएको छ ।
सधैं समीप एक बालकको कथा हो । आफ्नी हजुरआमालाई धेरै सम्झीरहने बालकको कथामा पुस्तक केन्द्रित छ । जुनै ठाउँमा गए पनि आफ्नी हजुरआमाको याद गरिरहने बालकको मनोविज्ञान पुस्तकले रोचक ढंगले प्रस्तुत गरेको छ । यस चित्रपुस्तकले भौतिक रुपमा हराएको मानिसको स्नेह, ध्यान र उपस्थितिलाई आफ्नो वरिपरिका वस्तुहरुमा खोज्न र महसुस गर्न सकिन्छ भन्ने कुरा प्रस्तुत गरेको छ ।
यी पुस्तकहरुको विस्तृत विवरण यसै इमेलमा संलग्न प्रेस रिलिजमा रहेको छ । यसको जानकारी आम पाठकलाई यहाको मिडिया मार्फत् गराइ सहयोग गरीदिनुहुन हार्दिक अनुरोध गर्दछु।
भवदिय,
सुनिती अमात्य
प्रमुख कार्यकारी अधिकृत
कथालय इन्क प्रा. लि.
कुमारी कोलोनी ,थापाथली, काठमाण्डौ
फोन: ०१-५३५००७६, ५३६६४३०
Web: www.kathalaya.com.np
Facebook Link: http://www.facebook.com/kathalayanepal