Blogs

  1. Home
  2. Blogs
image description

हसन खारजाको लेखन र रेजा हेम्मातिराडको चित्राङ्कनमा रहेको चित्रकथा मर्मत गर्न सिपालु मानिस नेपाली
भाषामा प्रकाशित भएको छ । टर्कीस भाषामा प्रकाशित यो चित्रकथा नेपाली भाषामा अनुवादगरि प्रकाशन
गरिएको छ । यस चित्रकथाको नेपाली अनुवाद राजीवधर जोशीले गरेका हुन् ।

यस कथामा एउटा मान्छे आफ्नो कोठामा राखिएको फूलदानी मर्मतदेखि लिएर झ्याल, भित्तो, सिलिङ हुँदै
सारा घर नै मर्मत गरिछाड्छ किनभने ऊ मर्मत गर्न सिपालु हुन्छ । तर मर्मत गरिएको कुनै सामान र वस्तु
पहिला जस्तो दुरुस्त हुँदैन ।

मर्मत गर्ने क्रमलाई निरन्तरता दिँदै त्यो मान्छे समग्र देश नै मर्मत गर्न भ्याउँछ । तर केही समयपश्चात सम्पुर्ण
देश नै उसकै अगाडी भत्किन्छ ।

सात वर्ष वा माथिका बालबालिकाका लागि पढेर सुनाउन, पुस्तक बारे छलफल गर्न तथा नौ वर्षमाथिका
बालबालिकाले आफै अध्ययन गर्न उपयुक्त पुस्तक हो ।

Share: