नेपाल सरकारले गुणस्तरीय शिक्षाका निम्ति तोकेको मुख्य संकेतहरू मध्य एक बुक कर्नरहरू हुन् । तर कक्षामा बुक कर्नरलाई कसरी प्रयोग गर्ने भन्ने कुरा जान्न अझ बढी जरुरी छ । पढ्न सक्ने क्षमता बालबालिकाहरूकालागि स्वस्थ, खुसी र फलदायी जीवन जीउने प्रमुख सीप हो । बालबालिकाहरूले पढ्न सकेमा उनीहरूले सीक्नको निम्ति पनि पढ्ने छन् । विद्यालयमा बित्ने समय तथा जीवन भरीका निम्ति यो कुरा मुलभूत सीप हो । हरेक दिन कक्षामा किताब पढ्ने प्रयोग गर्न जरुरी छ । किताब सिंङ्गो कक्षालाई, स–साना समुहलाई वा विद्यार्थीहरूलाई एक्लै पढ्न दिएर प्रयोगमा ल्याउन सकिन्छ । दोश्रो पृष्ठमा उदाहरण सहितका क्रियाकलापहरू छन् । विद्यालयमा बुक कर्नर पुगेपछि, छाप लगाइएको पृष्ठमा विद्यालयको नाम लेख्नुहोस् र एउटा रजिष्टरमा हरेक किताबको नाम रजिष्टर गर्नुुहोस् । मिल्छ भने विद्यालयको पुस्तकालयबाट लिएर, बजारबाट किनेर वा आफ्नै पुस्तकहरू बनाएर पनि बुक ब्यागमा किताबहरू थप्न सकिन्छ । झुन्डाउने बिधी १ कक्षको भित्तामा बूक ब्याग झुन्डाउने ठाँउ खोज्ने २ बूक ब्याग पुरै खोलेर हेर्ने र झुन्डाउनलाई किल्ला ठोक्ने । ३ बूक ब्याग सुरक्षित तरिकाले झुन्डाउने । प्रयागे बिधी १ बूक ब्याग झुन्डाएपछी जिप खोल्ने । २ कक्ष भित्र बूक ब्याग तथा पुस्तकहरूको सुरक्षाको समस्या छ भने दिनको अन्त्यमा बूक ब्यागलाई बन्द गरेर कुनै सुरक्षित कार्यालय कोठा (प्राध्यापकको कार्यालय वा शिक्षक कोठा) को दराजमा राख्ने । बुक कर्नरको प्रयोग १) बुक कर्नर प्रयोग गर्न पुरै कक्षा समय चाहिंदैन । दिनको १५–२० मिनेट गरीने पढ्ने क्रियाकलापले मात्र पनि बालबालिकाहरूको पढ्न सक्ने क्षमतामा निकै प्रगति हुन्छ । २) कक्षा १–३ लाई बढी प्राथमिकता भएता पनि कक्षा १–५ सम्मका शिक्षकहरूसंग सल्लाह गरेर एउटा तालिकाको निर्णय गर्ने । ३) प्रस्तावित तालिका ः कक्षा १ ले पहिलो घण्टी, कक्षा २ ले दोश्रो घण्टीमा र कक्षा ३ ले खाजा पछिको समयमा बुक कर्नरको प्रयोग गर्ने । एकै कक्षामा पनि विभिन्न समयमा बुक कर्नरको प्रयोगका निम्ति उक्त तालिकालाई बेलाबेलामा बदल्ने । ४) छुट्टै कक्षामा बुक कर्नर भएता पनि शिक्षकहरूले बुक ब्यागबाट किताब लिएर आफ्नो कक्षामा प्रयोग गर्न सक्छन् । किताब हराउन र क्षति हुन नदिनको लागि हरेक दिनको अन्त्यमा सबै किताबहरू जम्मा गरेर बुक ब्यागमा राख्ने काम सुनिश्चित गर्ने । किताबको छनौट १. विद्यार्थीको पठन स्तर जान्नको निम्ति कक्षामा नियमित मुल्याङ्कन गर्ने । २. बुक ब्यागमा भएका सबै किताबहरू सबै स्तरका लागि उपयुक्त हुदैनन् । त्यसकारण, निम्न स्तरका पाठकहरूको लागि सजिला किताबहरू र माथिल्लो स्तरका पाठकहरूलाई अलि बढी चुनौतीपूर्ण पुस्तकहरू पढन दिने । कक्षामा किताब प्रयोग गर्ने क्रियाकलापहरू ः १) कभरपेज÷चित्रको छलफल ः ड्ड ब्यागबाट एउटा पुस्तक छान्ने । ड्ड सबैले देख्न सकुन् भनेर सबै विद्यार्थीहरूलाई नजिक बोलाउने । ड्ड पुस्तकको शिर्षक र कभर बारे छलफल गर्ने । ड्ड एक एक गरी हरेक पृष्ठमा भएको चित्र देखाउँदै के देख्यौ र के बुझ्यौं भनेर विद्यार्थीहरूलाई सोध्ने । ड्ड चित्रहरूलाई दैनिक जीवनसँग जोडेर हेर्ने । २) स–स्वर पठन÷कथावाचन ड्ड ब्यागबाट एउटा पुस्तक छान्ने । ड्ड हरेकले देख्न सकुन भनेर सबै विद्यार्थीहरूलाई नजिक बोलाउने । ड्ड पुस्तकको शिर्षक र कभर बारे छलफल गर्ने । ड्ड हरेक पृष्ठमा भएको चित्र देखाउँदै कथा पढेर सुनाउने । कथालाई रोचक बनाउन स्वरमा उतार चढाव गर्ने साथै बेला बेलामा अभिनय पनि गर्ने । ड्ड विद्यार्थीहरूसित पात्रहरू र कथाको विषयबस्तुबारे छलफल गर्ने । ड्ड विद्यार्थीहरूलाई पढेको कथाको बुझाईमा मद्दत गर्न तथा कथाबारे चर्चा गर्न कथाको बारेमा प्रश्नहरू सोध्ने । ड्ड अलि ठूला विद्यार्थीहरूकालागि शिक्षकले पढेर सुनाउनु भन्दा उनीहरू आफैलाई पालैपालो समुहमा स–स्वर पठन गर्न लगाउने । ३) समुिहक प्रदर्शन ड्ड कक्षामा विद्यार्थीहरूलाई उनीहरूको पढ्ने स्तर अनुसार विभिन्न समुहहरूमा विभाजन गर्ने । ड्ड हरेक समुहकालाई संवाद भएको पुस्तक बुक कर्नरबाट छनौट गर्ने । ड्ड विद्यार्थीहरूलाई आ–आफ्नो समुहमा पुस्तक पढेर त्यसबारे छोटो दृष्य÷नाटक बनाउन लगाउने ड्ड हरेक समुहलाई आफ्नो कथा प्रदर्शन गर्न लगाउने । ड्ड विद्यार्थीहरूसित कथाको पात्रहरू, विषय–बस्तु आदिको छलफल गर्ने । ड्ड पुस्तकमा भएका दृष्य÷कथाबस्तुबारे विद्यार्थीहरूलाई कक्षामा प्रदर्शन गर्न लगाउने । ४) सामुहिक पठन ड्ड कक्षालाई विद्यार्थीहरूको पठनस्तर अनुसार विभिन्न समुहहरूमा विभाजन गर्ने । ड्ड हरेक समुहकालाई बुक कर्नरबाट उपयुक्त पुस्तक छनौट गर्ने । ड्ड स–साना समुहहरू गोलाकार आकारमा बस्ने र हरेकले पुस्तक समातेर एक पेज पढेर सुनाउने । ५) एकल पठन ड्ड हरेक विद्यार्थीलाई एक एक गरी बुक कर्नरबाट एउटा पुस्तक छनौट गर्न निम्त्याउने । ड्ड विद्यार्थीको पठन सीप अनुरुप पुस्तकको स्तर छनौट गर्ने बारे सुनिश्चित गर्ने । ड्ड पुस्तक छनौट गरे पछि विद्यार्थीहरूलाई चुपचापसित बसेर पढ्न लगाउने । ड्ड सबै विद्यार्थीले आफनो पुस्तक पढीरहेका छन् भन्ने सुनिश्चित गर्न शिक्षक कक्षा कोठामा घुम्ने । बेलाबेलामा विद्यार्थीहरूस“ग कथाको पात्रहरू र विषय बस्तुबारे सोध्ने । साथै उनीहरूले नबुझेको वा नचिनेको कुनै शब्द छ कि छैन भनेर पनि सोध्ने ।