नेपाल सरकारले गुणस्तरीय शिक्षाका निम्ति तोकेको मुख्य संकेतहरू मध्य एक बुक कर्नरहरू हुन् । तर कक्षामा बुक कर्नरलाई कसरी प्रयोग गर्ने भन्ने कुरा जान्न अझ बढी जरुरी छ । पढ्न सक्ने क्षमता बालबालिकाहरूकालागि स्वस्थ, खुसी र फलदायी जीवन जीउने प्रमुख सीप हो । बालबालिकाहरूले पढ्न सकेमा उनीहरूले सीक्नको निम्ति पनि पढ्ने छन् । विद्यालयमा बित्ने समय तथा जीवन भरीका निम्ति यो कुरा मुलभूत सीप हो । हरेक दिन कक्षामा किताब पढ्ने प्रयोग गर्न जरुरी छ । किताब सिंङ्गो कक्षालाई, स–साना समुहलाई वा विद्यार्थीहरूलाई एक्लै पढ्न दिएर प्रयोगमा ल्याउन सकिन्छ । दोश्रो पृष्ठमा उदाहरण सहितका क्रियाकलापहरू छन् । विद्यालयमा बुक कर्नर पुगेपछि, छाप लगाइएको पृष्ठमा विद्यालयको नाम लेख्नुहोस् र एउटा रजिष्टरमा हरेक किताबको नाम रजिष्टर गर्नुुहोस् । मिल्छ भने विद्यालयको पुस्तकालयबाट लिएर, बजारबाट किनेर वा आफ्नै पुस्तकहरू बनाएर पनि बुक ब्यागमा किताबहरू थप्न सकिन्छ ।
झुन्डाउने बिधी १ कक्षको भित्तामा बूक ब्याग झुन्डाउने ठाँउ खोज्ने २ बूक ब्याग पुरै खोलेर हेर्ने र झुन्डाउनलाई किल्ला ठोक्ने । ३ बूक ब्याग सुरक्षित तरिकाले झुन्डाउने । प्रयागे बिधी १ बूक ब्याग झुन्डाएपछी जिप खोल्ने । २ कक्ष भित्र बूक ब्याग तथा पुस्तकहरूको सुरक्षाको समस्या छ भने दिनको अन्त्यमा बूक ब्यागलाई बन्द गरेर कुनै सुरक्षित कार्यालय कोठा (प्राध्यापकको कार्यालय वा शिक्षक कोठा) को दराजमा राख्ने । बुक कर्नरको प्रयोग १) बुक कर्नर प्रयोग गर्न पुरै कक्षा समय चाहिंदैन । दिनको १५–२० मिनेट गरीने पढ्ने क्रियाकलापले मात्र पनि बालबालिकाहरूको पढ्न सक्ने क्षमतामा निकै प्रगति हुन्छ । २) कक्षा १–३ लाई बढी प्राथमिकता भएता पनि कक्षा १–५ सम्मका शिक्षकहरूसंग सल्लाह गरेर एउटा तालिकाको निर्णय गर्ने । ३) प्रस्तावित तालिका: कक्षा १ ले पहिलो घण्टी, कक्षा २ ले दोश्रो घण्टीमा र कक्षा ३ ले खाजा पछिको समयमा बुक कर्नरको प्रयोग गर्ने । एकै कक्षामा पनि विभिन्न समयमा बुक कर्नरको प्रयोगका निम्ति उक्त तालिकालाई बेलाबेलामा बदल्ने । ४) छुट्टै कक्षामा बुक कर्नर भएता पनि शिक्षकहरूले बुक ब्यागबाट किताब लिएर आफ्नो कक्षामा प्रयोग गर्न सक्छन् । किताब हराउन र क्षति हुन नदिनको लागि हरेक दिनको अन्त्यमा सबै किताबहरू जम्मा गरेर बुक ब्यागमा राख्ने काम सुनिश्चित गर्ने । किताबको छनौट १. विद्यार्थीको पठन स्तर जान्नको निम्ति कक्षामा नियमित मुल्याङ्कन गर्ने । २. बुक ब्यागमा भएका सबै किताबहरू सबै स्तरका लागि उपयुक्त हुदैनन् । त्यसकारण, निम्न स्तरका पाठकहरूको लागि सजिला किताबहरू र माथिल्लो स्तरका पाठकहरूलाई अलि बढी चुनौतीपूर्ण पुस्तकहरू पढन दिने । कक्षामा किताब प्रयोग गर्ने क्रियाकलापहरू ः १) कभरपेज/चित्रको छलफल ः
२) स–स्वर पठन/कथावाचन
३) समुिहक प्रदर्शन
४) सामुहिक पठन
५) एकल पठन